वेस्ट इण्डिज ए टिम नेपाल आउँदै, ‘ऐतिहासिक टूरका लागि उत्साहित छाैं’-इण्डिज क्रिकेट
थानकोट ।
वेस्ट इण्डिजको ए क्रिकेट टोली नेपाल टुरमा आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ खेलको टी-२० सिरिज खेल्नेछ ।
यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ ।
नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।
नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ ।













