पुतलीसडकमा सडक दुर्घटना, माेटरसाइकल चालककाे ज्यान गयाे
थानकोट ।
पुतलीसडकमा सडक दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका-२८ पुतली सडकमा गए राति बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










