गोदावरी मेयर कप फुटबलः सेमीफाइनल प्रवेशका लागि चन्द्रागिरिले आज नागार्जुनको सामना गर्दै

Thankot Times

थानकोट ।

प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरू आजबाट सुरु हुँदैछन् ।

मध्यान्ह २ः३० बजे महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच खेल हुँदैछ ।

महालक्ष्मीले अघिल्लो चरणमा आयोजक गोदावरी ए को चुनाैती पन्छाएको थियो भने दक्षिणकाली सिधै दोश्रो चरणका लागि छनोट भएको हो ।
यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिकाले नागार्जुन नगरपालिकाको सामना गर्नेछ ।

यो खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
चन्द्रागिरि नगरपालिकाले पहिलो खेलमा बागमती गाउँपालिकामाथि १०-० को फराकिलो जित हात पारेको थियो भने नागार्जुनले कोन्ज्योस्योम गाउँपालिकामाथि ३-० को सहज जित दर्ता गरेको थियो । ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *