आइतबार चन्द्रागिरि नगर क्षेत्रमा वर्षा हुने सम्भावना कति ?

Thankot Times

थानकोट ।

आज शनिबार दिउँसो चन्द्रागिरि नगरक्षेत्रमा छिटपुट भयो, शनिबारको तुलनामा आइतबार (भोलि) चन्द्रागिरि क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “देशभर बदली (आकाशमा बादल) हुनेछ । अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।”

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसोतिर वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

“भोलि काठमाडौंमा पनि वर्षाको सम्भावना छ । बिहान ९–१० बजेतिर प्रणाली विकास हुने र दिउँसोतिर वर्षा हुने देखिन्छ । साँझतिर पनि केही सम्भावना छ,” उनले भने, “हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”

हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायु बढी सक्रिय छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्न लिंकमा थिच्नुहोस् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ