चन्द्रागिरि नगर क्षेत्रमा दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना
थानकोट ।
अहिले बिहान चन्द्रागिरि नगर क्षेत्रको आकाशमा आंशिक बदली भइरहेको छ ।
देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।










