नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलानामा मंगलबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी प्रतितोला एक हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।













