चन्द्रागिरिमा बिहानैदेखी चर्को घाम, कस्तो रहला दिउँसोको माैसम ? यस्तो छ पूर्वानुमान

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान चर्को घाम लागेको छ ।

लगातारको वर्षापछि घाम लाग्दा यस क्षेत्रको बिहानी दृश्य घमाइलो देखिएको छ ।

जल तथा माैसम विज्ञान विभागले आज देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली छ ।

बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।  

विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

विभागले राति कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *