सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोलामा १ सय रुपैयाँ घटेर कारोबार भइरहेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोलामा १५ रुपैयाँ बढेर एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।













