चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा भोलि मंगलबार ७ घण्टा विद्युत सेवा अवरुद्ध हुँदै
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले भोलि मंगलबार चन्द्रागिरि नगरका कतिपय क्षेत्रमा बिहान १० बजेबाट ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणको बलम्बू उप वितरण केन्द्रका अनुसार सो वितरण केन्द्र अन्तर्गत मातातिर्थ फिडरको बालागाउँस्थित पुरानो तारलाइ बदली गर्ने कार्यका लागि चन्द्रागिरि नगरका मातातिर्थ, सितल बस्ती, बालागाउँ, दाउरा डिपो, महादेवस्थान, थानकोट, चेकपोष्ट, पाल्देन प्लटिङ, घुमाउने, पानीघाट, गोदाम, केबुलकार, सिलाफल, त्रिभुवन पार्क क्षेत्रमा विद्युत सेवा बन्द गरिनेछ ।
यसैगरी वाणस्थली, हाइभिजन, मंगलोदय, महेश फाँट, नागढुङ्गा क्षेत्र लगायतका स्थानमा समेत विद्युत सेवा बिहान १० बजेबाट साँझ ५ बजेसम्म अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
साथै, प्राधिकरणले तार फेर्ने कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साँझ ५ बजेअघि नै विद्युत सेवा सुचारू हुने सक्ने समेत जानकारी गराएको छ ।











