चन्द्रागिरि क्षेत्रमा आजपनि वर्षाकाे सम्भावना अधिक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रकाे आकाश अहिले बिहान आंशिक बदली रहेको छ ।

आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

आज अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको महाशाखाको भनाइ छ। नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ