यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाशमा अहिले पूर्णत बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ ।

कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागको भनाइ छ ।

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

विभागले राति कोसी, मधेस र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ