विश्वकप क्रिकेटः फजलहक फारुकीले ५ विकेट लिएपछि युगाण्डामाथि अफगानिस्तानको सहज जित
थानकोट ।
अफगानिस्तानले आईसीसी ट्वान्टी-२० विश्वकपमा युगान्डाविरुद्ध १२५ रनको फराकिलो जित निकालेको छ ।
मंगलबार गुयनास्थित प्रोभिडेन्स रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले १६ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र जोड्न सक्यो ।
युगान्डाका रोबिन्सन ओबुयाले १४ र रियाजत अली साहले ११ रन बनाए । युगान्डाका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युगान्डाका तीन ब्याटर ‘गोल्डेन डक’ भएका थिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो ।
अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुर्बज र इब्राहिम जद्रान दुवैले अर्धशतक प्रहार गरे । गुबर्जले ४५ बलमा समान चार चौका र छक्कासहित ७६ रन बनाए । जद्रानले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गरे । यी दुईले पहिलो विकेटका निमित १४.३ ओभरमा १५४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
प्रतियोगिता अन्तर्गत आज राति २ खेल हुने तालिका छ । जसअन्तर्गत पहिलो खेलमा स्कटल्यान्ड र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
दोश्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।
यो खेल राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।














