टी-२० विश्वकप क्रिकेटः नेपालको खेल सुरु हुनअघि खेलस्थलमा वर्षा, खेल हुने नहुने अनिश्चित

Thankot Times

थानकोट ।

आईसीसी टी-२० विश्वकप-२०२४ अन्तर्गत नेपालले पहिलो खेल खेल्न केही समयमात्र बाँकी हुँदा खेल हुने अमेरिकाको ड्यालसमा पानी परेको छ ।

पानी परेपछि खेल प्रभावित हुने हो कि भन्ने चिन्ता नेपाली खेलाडी र खेल हेर्न पुगेका अमेरिकामा बसेका नेपाली दर्शकहरुमा परेको बताइएको छ ।

पानी यही तरिकाले परिरह्यो भने खेल प्रभावित हुने तर अझै केही समय बाँकी रहेकोले पानी रोकिन सक्ने अनुमान छ ।

नेपाली खेलाडीलाई प्रोत्साहन गर्न ड्यालसमा नेपालीहरुको ठूलो उपस्थित रहेको र दर्शकहरुले टिकट समेत पाउन कठिन भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *