टी-२० विश्वकप क्रिकेटः भारतको विजयी सुरुवात, अहिले दुई खेल हुँदै

Thankot Times

थानकोट ।

जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ ।

बुधबार न्यूयोर्कमा ९७ रनको लक्ष्य पाएको भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । यसैगरी, रिशव पन्तले ३६ रन बनाउँदा सूर्यकुमार यादवले दुई र विराट कोहलीले एक रन बनाए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।

प्रतियोगिता अन्तर्गत अहिले पपुवा न्यूगिनी र युगाण्डा तथा अष्ट्रेलिया र ओमानबीच खेल जारी छ । 

आज राति पाकिस्तान र अमेरिकाबीच राति ९ः१५ बजे खेल हुनेछ भने मध्यरातको १२ः४५ बजे स्कटल्याण्ड र नामिबियाबीच खेल हुने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *