सुनको मूल्य स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३ सय मा कारोबार भइरहेको छ ।

यस अघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *