सुनचाँदीको मूल्य घट्याे
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४ सय रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









