सुनको मूल्य लगातार तेस्रो दिन स्थिर, चाँदीको मूल्य भने घट्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
यो साता नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ जुन शुक्रबार कारोबार भएकै मूल्य हो ।
नेपाली बजारमा आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो ।
यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम रहँदा चाँदीको मूल्यमा भने गिरावट भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार तोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।













