सुनको भाउमा तोलामा ६ सय रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

आज बुधबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो कारोबार दिन हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८ सय २० रुपैयाँमा करोबार भएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *