नेपाली बजारमा सुनको मूल्य स्थिर
थानकोट।
आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलामा हिजोको भन्दा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
आज बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













