युरो कप-२०२४ : इटाली, स्पेन र स्वीजरल्याण्ड विजयी
थानकोट ।
युरो कप २०२४ को समूह बी मा रहेको डिफेन्डिङ च्याम्पियन इटाली विजयी सुरुआत गरेको छ ।
युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएर सनसनी मच्चाएको थियो । अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाएका थिए ।
यसैगरी स्पेनले क्रोएशियामाथि ३-० को सहज जित हात पार्दा हंगेरी स्वीजरल्याण्डसँग ३-१ ले स्तब्ध बन्यो ।
युरो कप अन्तर्गत आइतबार पनि तीन वटा खेल हुने छन् । समूह डीको पोल्याण्ड र नेदरल्याण्डले नेपाली समय अनुसार राति पौने ७ बजे खेल्ने छन् ।
त्यसैगरी समूह सीका स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड आमने सामने हुने छन् ।















