सुन भाउ तोलामा १ हजार ६ सय रूपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आज आइतबार सुन चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।
पछिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।













