चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ श्रीलंका प्रस्थान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ श्रीलंका प्रस्थान गर्नुभएको छ ।

कमनवेल्थ वुमन इन लोकल गभरमेन्ट नेटवर्कको आयोजनामा जुन २५ देखि जुन २७ सम्म हुने रिन्फोर्सिङ सोसियल लिसिलिइन्स थ्रु वुमन्स पोलिटिकल रिप्रिजेन्टेशन विषयक दक्षिण एसिया क्षेत्रीय बैठकमा सहभागिता जनाउन उपप्रमुख श्रेष्ठ आइतबार श्रीलंका प्रस्थान गर्नुभएको हो ।

बैठकमा विभिन्न सत्रमा सञ्चालन हुने बताइएको छ ।

जहाँ राजनीतिमा महिला सहभागिता तथा त्यसले समाज सुदृढीकरणका लागि खेल्ने भूमिकाका सन्दर्भ लगायतका विषयमा कार्यशाला, अनुभव आदान प्रदान तथा असल अभ्यास साटफेर हुने बताइएको छ।

बैठक श्रीलंकाको राजधानी कोलम्बोस्थित होटल र्याडीशन लगायतका स्थानमा सञ्चालन हुनेछ । 

चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उपप्रमुख श्रेष्ठको बिदाई गर्नुभएको थियो ।

तस्बिरः चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीको फेसबुकबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *