चन्द्रागिरि सहितका स्थानीय तहले सडक बत्तीको बक्यौता महशुल बुझाउन पाए किस्ताबन्दीको सुविधा

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ ।

आइतबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो ।

चन्द्रागिरि नगरपालिका सहित सयाैं स्थानीय तहले सडक बत्तीको महशुल बुझाउन आलटाल गर्दै आएका छन् भने प्राधिकरणले सो भुक्तानीका लागि ताकेता गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *