नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट । 

नेपाली स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *