नेपाल टेलिकमको सिममा आज राति रिचार्ज नहुने
थानकोट ।
नेपाल टेलिकमको सिम कार्ड आज मंगलबार राति रिचार्ज नहुने भएको छ।
मंगलबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन जनाएको हो।
राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।
तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने सो सूचनामा उल्लेख छ।










