दोलखा भीमसेनमा ‘पसिना’ आएपछि बाजागाजासहित पूजाआराधना

Thankot Times

थानकोट ।

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।

भीमसेनको मूर्तिमा शनिबार दिउँसो पौने २ बजे ‘पसिना’ आएको दोलखाका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको बताइएको छ ।

भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *