नागढुङ्गा नाकाबाट समातिए हरिओम र उनका साथी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार २ सय ५० ट्याब्लेटसहित दुई जना समातिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बारा आदर्श कोतवाल गाउँपालिका-४ बस्ने २५ वर्षीय हरिओम यादव समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख २५५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *