पेरिस ओलम्पिकः नेपाली खेलाडीको निराशाजनक प्रदर्शन जारी, पौडीकी डुवाना हिट चरणबाटै बाहिर

Thankot Times

थानकोट ।

नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक-२०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।

आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् ।

सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् ।

डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *