पेरिस ओलम्पिक : जुडोकी मनिताको चुनाैती एक मिनेटमै समाप्त
थानकोट ।
जुडो खेलाडी खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाटै घर फर्किएकी छन् ।
सोमबार भएको महिला ५७ केजी तौल समूहमा मनिता सर्बियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०-० ले पराजित भएकी हुन् ।
उनी जम्मा एक मिनेट म्याटमा टिकिन् ।
मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी थिइन् ।
मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको यात्रा पहिलो चरणमै सकिएको छ ।
यसअघि टेबल टेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको यात्रा पहिलो चरणमै सकिएको थियो । ब्याडमिन्टनका प्रिन्स दाहाल पनि पहिलो खेलमा पराजित भएका थिए ।














