आज राति नेपाल टेलिकमको रिचार्ज सेवा प्रभावित हुन सक्ने
थानकोट ।
नेपाल टेलिकमले आज (बिहीबार) राति ११ बजेबाट रिचार्ज खरिद सेवा प्रभावित हुन सक्ने जनाएको छ ।
भोलि बिहान ३ बजेसम्म करिब ४ घण्टा रिचार्ज, प्याकेज खरिद तथा जानकारी लिने सुविधा (क्वेरी) प्रभावित हुने टेलिकमको भनाइ छ ।
नेपाल टेलिकमका अनुसार बिलिङ्ग प्रणाली स्तरोन्नति कार्यका लागि ती सेवा प्रभावित हुने सम्भावना छ ।
सो अविधमा मोबाइल सेवा, डाटा सेवा, एसएमएस सेवा तथा इन्टरनेट सेवा भने यथावत रहने नेपाल टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।















