काठमाडौंमा आजदेखि काभा महिला भलिबल नेसन्स लिग, पहिलो खेल नेपाल र श्रीलंकाबीच हुने
थानकोट ।
काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३:१५ बजे सुरु हुनेछ ।
बिहीबार नै भारत र इरानबीच साँझ ५:४५ बजेदेखि खेल हुनेछ।
नेपाल टीमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् ।
बुधबार भएको प्रि-म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् ।
मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो ।
श्रीलङ्काले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ ।
नेपालले पछिल्लो पटक सन् २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङ्कालाई पाँच सेटमा हराएको थियो ।
लिगमा माल्दिभ्स पनि सहभागी छ ।
मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।














