काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

Thankot Times

थानकोट ।

नेपाल काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत इरानसँगको खेलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो ।

यो जितपछि इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ ।

यो जितपछि इरानले चार खेलमा ७ अंक हासिल गरेको छ भने नेपालले ३ खेलमा ६ अंक हासिल गरेको छ ।

अब नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *