काभा भलिबल नेसन्स लिग: माल्दिभ्समाथि नेपालको सहज जित, सेमीफाइनलमा इरानसँग खेल्ने
थानकोट ।
काठमाडाैंमा जारी काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले पराजित गरेको हो।
प्रतियोगिताको लिग चरणका खेलहरूको समाप्तिपछि अंकतालिकामा भारत पहिलो, नेपाल दोश्रो,, इरान तेस्रो, श्रीलंका चाैथो र माल्दिभ्स पाँचाै स्थानमा रहे ।
सेमीफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ।
उपाधि भिडन्त भने बुधबार हुने तालिका रहेको छ ।














