पेरिस ओलम्पिक संघारमा, नेपाल अझै पदक विहिन, सन्तोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै
थानकोट ।
पेरिस ओलम्पिक-२०२४ समापनको संघारमा आइपुगेको छ । १५ दिने यस खेल महाकुम्भ अन्तर्गत अन्तिम दिन १२ वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।
प्रतियोगितामा नेपालबाट सहभागी भएका ७ मध्ये ६ खेलाडीको स्पर्धा सकिइसकेको छ भने म्याराथन धाविक सन्तोषी श्रेष्ठले आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् ।
नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।
सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् ।
पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेह अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन् ।














