पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरूको चुनाैती समाप्त, म्याराथनमा सन्तोषी श्रेष्ठले ७९औं‌ स्थानमा

Thankot Times

थानकोट ।

पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरूको चुनाैती सकिएको छ ।
महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९औं‌ स्थान रहँदै अन्त्य गरेसँगै प्रतियोगितामा सहभागी सबै ७ जना नेपाली खेलाडीको स्पर्धा सकिएको छ ।

सन्तोषीले आइतवार भएको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा कुल ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन्।

म्याराथनमा केन्याकी सिफन हसन नेदरल्याण्ड २ घन्टा २२ दशमलव ५५ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक रेकर्ड सहित स्वर्ण जित्न सफल भइन्।

स्वर्ण विजेता भन्दा सिफन भन्दा सन्तोषी ३२ मिनेट ११ सेकेन्डले पछि परिन्।

यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो।

जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए।

महिला म्याराथनको स्वर्ण जितेकी नेदरल्यान्ड्सकी हसनसँग नेपालकी सन्तोषी। तस्बिर : लोेकेन्द्रकुमार बस्नेत/राखेप।


Leave a Reply

Your email address will not be published. Required fields are marked *