ग्लोबल टी-२० लिगको उपाधि रोहित पौडेल आबद्ध टोरोन्टोलाई, रोहितले खेले १० मध्ये २ खेल
थानकोट ।
ग्लोबल टी-२० क्रिकेट लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ । क्यानडामा जारी प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल टोरोन्टो नेशनल्ससँग आवद्ध थिए ।
आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे ।
ग्लोबल टी-२० क्रिकेट लिगमा नेपालका रोहित कुमा पाैडेलका अतिरिक्त सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि सहभागिता जनाएका थिए ।
लामिछाने र ऐरी आबद्ध भएको टोली भानकुभर नाइट्स लिगको अन्तिममा रहँदै पहिलो चरणबाटै बाहिरिएको थियो ।
उपाधि विजेता टिमको सदस्य बने पनि रोहितले फाइनल खेलमा भने प्लेइङ–११ मा मौका पाएनन्।
यस सिजनमा टोरन्टोले कुल १० म्याच खेल्दा उनले दुई खेलमा मात्र प्लेइङ–११ मा मौका पाएका थिए ।














