एएफसी च्यालेन्ज लिग: चर्च ब्वाइज युनाइटेड घरेलु भूमीमा पारो एफसीसँग २-१ ले स्तब्ध

Thankot Times

थानकोट  ।

काठमाडाैंस्थित दशरथ रंगशालाको हिलाम्मे मैदानमा मंगलबार साँझ सम्पन्न एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड पराजित भएको छ ।

भुटानी लिग च्याम्पियन पारो एफसीसँग चर्च ब्वाइज २-१ ले पराजित भएको हो ।

जितसँगै भुटानी टिम प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ ।

हिलाम्मे मैदान  खेलमा सुरुआती अग्रता भने चर्चले बनाएको थियो । लाकेन लिम्बुले ३८औँ मिनेटमा गोल गर्दै चर्चलाई अग्रतामा राखेका थिए ।

३९औँ मिनेटमा नै पारो खेलमा फर्कियो । पारोका पारोका किंगा वाङचुकले गोल गर्दै भुटानी लिग च्याम्पियन पारोलाई खेलमा फर्काएका थिए ।

६७औँ मिनेटमा विलियम ओपोकु अ‍ैसेडुले गोल गर्दै पारोलाई २–१ को अग्रतामा राखे । त्यसपछि कुनै गोल भएन र खेल पाहुना टोलीको पक्षमा पुग्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *