नेपालले अर्को वर्ष यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने
थानकोट ।
यू-१९ क्रिकेट विश्वकप एसिया छनोट नेपालमा आयोजना हुने भएको छ ।
२०२५ अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानले जनाएको छ।
सामाजिक सञ्जालमार्फत क्यानकाले छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुने जनाएको छ।
यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु-१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।
छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् । यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।














