साफ यू-२० च्याम्पियनसिप फुटबल आजबाट, उद्घाटन खेल नेपाल र श्रीलंकाबीच हुने
थानकोट ।
साफ यू-२० च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ ।
दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् ।
नेपालले आज अगष्ट १८ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगिताका खेलहरू संयुक्त रूपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुनेछन ।
नेपालको कप्तानी कुशल देउवाले गर्नेछन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्नेछ ।















