नागढुङ्गा नाकाबाट लागूऔषधसहित १९ वर्षीय युवा पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्रामसहित एक जना युवा पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलाली टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय जीवन सन्ज्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले नुवाकोट त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा. २ ख ९०७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *