साफ यू-२० च्याम्पियनसिपः सेमिफाइनल समीकरण पूरा, सेमीफाइनलमा नेपालले भुटानसँग खेल्ने
थानकोट ।
काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
यो जितपछि भारत समुह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
पहिलो सेमिफाइनलमा आइतबार नेपाल र भुटान खेल्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेशबीच हुनेछ ।
प्रतियोगिताको फाइनल भने बुधबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेल भने साँझ ५:३० बजे खेलाइने एन्फाले जनाएको छ ।














