साफ यू २० च्याम्पियनसिप-२०२४ः नेपाल फाइनलमा, भुटान सडेन डेथमा ४-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग उपाधिका लागि बुधबार खेल्ने छ ।

भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदै छ ।

प्रतियोगिताको फाइनल खेल दशरथ रंगलाशाला हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *