दशरथ रंगशाला हिलाम्मे भएपछि साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल एन्फा मैदानमा हुने
थानकोट ।
काठमााडैंमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो ।
यसअघि एन्फाले फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो ।
तर निरन्तर पानी परिरहेकाले मर्मत भइरहेको दशरथ रङ्गशालाको काम प्रभावित भएपछि त्यहाँ फाइनल खेलाउने सम्भावना नरहेको एन्फाले जनाएको छ ।
फाइनल खेल भोलि बुधबार दिउँसो २ः३० बजे शुरू हुनेछ ।
तस्बिरः एन्फा














