पारा ओलम्पिक-२०२४: पलेशा क्वाटरफाइनलमा पराजित

Thankot Times

थानकोट ।

जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको खेलमा के-४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन् ।

उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन् । उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *