पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ घट्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *