पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

Thankot Times

थानकोट ।

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतले मंगलबार भएको सुनुवाइपछि अहिराजलाई उक्त मुद्दामा कसुरदार ठहर गरेको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दोषी ठहर गर्ने फैसला सुनाउँदै सजाय निर्धारणका लागि आगामी ३२ गते पेशी तोकेको छ ।

सजायको मात्रा भने सोही दिन हुने सुनुवाइपछि तय गरिने अदालतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *