आजदेखि एन्फा महिला लिग: १० टोलीको सहभागिता, लिग विजेतालाई १० लाख पुरस्कार

Thankot Times

थानकोट ।

आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग सञ्चालन हुन लागेको हो ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहनेछ ।

लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ ।

प्रतियोगितामा कुल ६९ खेल हुने बताइएको छ ।

लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०/५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *