लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबलः न्यु डायमण्डको विजयी सुरुवात
थानकोट ।
कास्कीको पोखरास्थित लामाचौरमा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
नव आदर्श सामुदायिक विकास समाजले आयोजना प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब र चन्द्रागिरि नगरपालिका नैकापस्थित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट क्बलले सुखद सुरुवात गरेका छन्।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्बलसँग ३–१ को सेटमा गण्डकी पराजित भएको हो।
पहिलो र दोस्रो सेटमा गण्डकी विरुद्ध एपिएफले समान २५–१४ को जित निकाल्यो। तेस्रो सेटमा प्रतिस्पर्धात्मक खेलेको गण्डकीले २६–१४ को जित दर्ता गराउँदै पुनरागमनको प्रयास गर्याे। चौंथो सेटमा २५–१३ को जीत निकाल्दै एपिएफले प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
दोस्रो खेलमा टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेटमा झनै फराकिलो अन्तर २५–१२ को जित दर्ता गराउन सफल भयो। तेस्रो सेटमा २५–१७ को जित निकाल्दै न्यु डायमण्डले सुखद सुरुवात गरेको हो।
महिला तथा पुरुषतर्फ ४-४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको विजेतालेसमान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन्।














