पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशालाई काठमाडाैंमा भव्य स्वागत

Thankot Times

थानकोट ।

फ्रान्सको पेरिसमा सम्पन्न परालिम्पिकमा कास्य पदक विजेता नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

पारालिम्पिक्सको के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी ताैल समुहमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।

पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइएको छ ।

नेपाली खेलकुद इतिहासमा पहिलोपटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा ल्याइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ