पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई काठमाडौं महानगरले दियो ५ लाख

Thankot Times

थानकोट ।

फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा कास्य पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगीलाई काठमाडाैं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार गोवर्द्धनलाई पाँच लाख र प्रशिक्षक नेगीलाई तीन लाख नगदसहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उहाँले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

 

तस्बिरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *